रास्वपाले आह्वान गर्‍यो केन्द्रीय समिति बैठक

हिमाल प्रेस ३ चैत २०८१ २०:५८ | Sunday, March 16, 2025
रास्वपाले आह्वान गर्‍यो केन्द्रीय समिति बैठक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आज (आइतबार) बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको हो।

बैठक बस्ने समय चाँडै तय गरिने निर्णय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार आजको बैठकमा बिगतमा भएका निर्णयहरूको कार्यान्वयनका बारेमा जानकारी लिने र दिने काम भएको हो।

वर्तमान राष्ट्रिय राजनीतिका बारेमा केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले जानकारी गराएको कार्यवाहक प्रवक्ता झाले बताए। संसदीय गतिविधिबारे र अहिले भइरहेको अधिवेशनबारे दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारले बैठकमा जानकारी दिएका थिए।

प्रकाशित: ३ चैत २०८१ २०:५८ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast