 
                             
                                            मुगु- प्रमुख पर्यटकीय स्थल रारा घुम्न आएका एक आन्तरिक पर्यटकको मृत्यु भएको छ। रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका-१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए।
जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए।
चेकजाँचपछि शरीरमा अक्सिजनको कमी भएको देखिएको र अस्पतालले उनलाई रातभर अस्पताल भर्ना हुन सल्लाह दिएको थियो। तर उनले उक्त सल्लाह अस्वीकार गरेर सल्लेरी फर्किएका थिए।
सोमबार बिहान ६ बजेतिर साथीहरूले उनलाई एम्बुलेन्समार्फत अस्पताल ल्याएको भए पनि अस्पताल पुग्दासम्म उनको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिए।
डा.शाहीका अनुसार भुवन विश्वकर्मामा मोटोपन र दीर्घकालीन दमको समस्या थियो। उच्च हिमाली क्षेत्रको चिसो र हिमपात भएको मौसममा अक्सिजनको कमीले लेख लागेर काडियो प्रमोनरी एरेष्टको कारण उनको मृत्यु भएको बताइएको छ।
आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा ताल क्षेत्र घुम्न पुगेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 