पोखरा जाँदै रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेल। तस्बिर : रास्वपा सचिवालय
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज कास्की जिल्ला अदालत पुग्दैछन्। उनको सचिवालयका अनुसार दोस्रो तारेखका लागि उपस्थित हुँदैछन्।
उनी तारेखका लागि काठमाडौँबाट पोखरा जाँदैछन्। तारेख बुझ्न उनी काठमाडौँबाट बुद्ध एअरको जहाजमार्फत पोखरा जाँदै छन्।
पोखराबाट उनी सिधै रूपन्देही जानेछन्। रूपन्देहीमा पनि भोलि सोमबार तारेख रहेको छ। पोखराको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी धरौटीमा रिहा भएका थिए।
प्रकाशित: २५ फागुन २०८१ १०:५० | Sunday, March 9, 2025
प्रतिक्रिया





