ब्याटिङ संकटमा नेपाली महिला टिम, युगान्डामाथि जितको दबाब

हिमाल प्रेस २९ फागुन २०८१ ८:५६ | Thursday, March 13, 2025
ब्याटिङ संकटमा नेपाली महिला टिम, युगान्डामाथि जितको दबाब

काठमाडौँ- चार देशीय महिला क्रिकेट प्रतियोगितामा नेपालले आजघरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ।

एन्टेबे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउसो पौने पाँच बजे सुरु हुनेछ। नेपालले यसअघि युगान्डामाथि एक विकेटको जित निकालेको थियो। सो खेलमा ७६ रनको लक्ष्य पछ्याएको नेपालले एक बल बाँकी रहँदा नौ विकेट गुमाएर जित हात पारेको थियो।

समग्रमा नेपाली टिम ब्याटिङ र फिल्डिङमा निरन्तर चुकिरहेको छ। झिनो लक्ष्य पुर्‍याउन समेत नेपाली टिमलाई कठिन बनिरहेको छ।

दुई अंक जोडेको नेपाल तालिकाको पुच्छारमा छ। तेस्रो स्थानमा रहेको युगान्डाको चार र दोस्रो स्थानको नामिबियाको पनि समान चार अंकनै छ।

हङकङ ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। नेपाल हिजो भएको खेलमा नामिबियासंग २३ रनले पराजित भएको थियो । युगान्डाले हकङलाई चार विकेटले नतिजा सुम्पियो। शीर्ष दुईमा रहने टिमले उपाधिका लागि खेल्नेछन्।

प्रकाशित: २९ फागुन २०८१ ८:५६ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast