बसन्तमान सिंह अधिकारीको निधनप्रति पार्टीले भन्यो,‘पार्टी र राष्ट्रवादी आन्दोलनलाई अपुरणीय क्षति पुग्यो’

हिमाल प्रेस ९ चैत २०८१ ७:२८ | Saturday, March 22, 2025
बसन्तमान सिंह अधिकारीको निधनप्रति पार्टीले भन्यो,‘पार्टी र राष्ट्रवादी आन्दोलनलाई अपुरणीय क्षति पुग्यो’

काठमाडौँ- राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीको उपचारका क्रममा निधन भएको छ। अधिकारीको उपचारको क्रममा संयुक्त अधिराज्य अमेरिकामा निधन भएको राप्रपा नेपालका महासचिव राजाराम बर्तौलाले जानकारी दिए।

बर्तौलाले प्रखर राष्ट्रवादी व्यक्तित्व अधिकारीको निधनले सिंगो पार्टी र राष्ट्रवादी आन्दोलनलाई अपुरणीय क्षति पुगेको बताएका छन्।

२०१३ सालमा संखुवासभामा जन्मिएका अधिकारीका एक छोरा, एक छोरी र श्रीमती छन्। उनको निधनमा दुख प्रकट गर्दै पार्टीले केन्द्रीय कार्यालयका साथै देशभरका कार्यालयमा ३ दिन झन्डा झुकाउने र १३ औं दिनमा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ।

स्वर्गीय अधिकारिको पार्थिव शरिरको अन्त्येष्टि संयुक्त अधिराज्य अमेरिकामै गरिनेछ।

प्रकाशित: ९ चैत २०८१ ७:२८ | Saturday, March 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast