प्रधानमन्त्री कप क्रिकेट : एपीएफको तेस्रो जित

हिमाल प्रेस ३ चैत २०८१ १७:४६ | Sunday, March 16, 2025
प्रधानमन्त्री कप क्रिकेट : एपीएफको तेस्रो जित

काठमाडौँ- विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा तेस्रो जित दर्ज गरेको छ।

आइतबार सिद्धार्थनगर क्रिकेट मैदानमा एपीएफले कर्णाली प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ज गरेको हो।

कर्णालीविरूद्धको जितसँगै एपीएफले चार खेलमा ६ अंक जोडेको छ। कर्णालीको समान खेलबाट दुई अंक छ।

पहिले ब्याटिङ गरेर कर्णालीले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याएको एपीएफले ३९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो। एपीएफका लागि दीपक बोहराले ६७ बलमा अविजित ७० रन बनाए। उनले आठ चौका र चार छक्का प्रहार गरे।

यसैगरी सुमित महर्जनले अविजित ३४, आसिफ शेखले २५ तथा लोकेश बम र कप्तान रोहितकुमार पौडेलले समान २२ रन बनाए।

कर्णालीका लागि दीपेन्द्र रावत र कप्तान दिवान पुनले २–२ र प्रकाश जैसीले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४७ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल तयार पारेको थियो। कर्णालीका लागि सुनिल धमलाले ४७, दिनेश अधिकारीले ३३, दीपेन्द्र रावले अविजित ३०, प्रकाश जैसीले २०, दिवान पुनले १२ र अर्जुन घर्तीले १० रन बनाए।

एपीएफका लागि अभिषेक गौतमले चार, कमलसिंह ऐरीले दुई तथा किशोर महतो, रोहितकुमार पौडेल, भुवन कार्की र दीपक बोहराले १–१ विकेट लिए।

प्रकाशित: ३ चैत २०८१ १७:४६ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast