प्रधानमन्त्री कप क्रिकेट : पुलिसको पहिलो हार, मधेशसँग बागमती पराजित

हिमाल प्रेस १४ चैत २०८१ १८:२८ | Thursday, March 27, 2025
प्रधानमन्त्री कप क्रिकेट : पुलिसको पहिलो हार, मधेशसँग बागमती पराजित

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।

बिहीबार रुपन्देहीको एक्स्ट्रा टेक ओभलमा भएको खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गरेको हो। अहिलेसम्म खेलेको ९ खेलमध्ये पुलिसले पहिलो हार बेहोरेको हो।

पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। आर्मीको जितमा विवेक कुमार यादवले सर्वाधिक ४१ रन जोडे।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४१ दशमलव ४ ओभरमा १ सय ४८ रनमा अल आउट भएको थियो। पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५० रनको योगदान दिए।

यस्तै प्रतियोगिताअन्तर्गत सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशसँग ४ विकेटले पराजित हुँदै बागमती प्रदेशले चौथो स्थानमा चित्त बुझायो। बागमतीले दिएको २ सय ६० रनको लक्ष्य मधेशले ४६ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। मधेशको जितमा कप्तान अनिल साहले सर्वाधिक ७० रन जोडे।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो। बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक १ सय १४ रन बनाए।

अब शनिवार हुने फाइनलमा साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी खेल्नेछन्।

प्रकाशित: १४ चैत २०८१ १८:२८ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast