प्रधानमन्त्री कप क्रिकेट : बागमतीसँग कोशी पराजित

हिमाल प्रेस ९ चैत २०८१ २०:३३ | Saturday, March 22, 2025
प्रधानमन्त्री कप क्रिकेट : बागमतीसँग कोशी पराजित

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ।

दाङको लमहिस्थित देउखुरी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले कोशीलाई १३१ रनले पराजित गरेको हो। २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १०९ रनमा समेटियो। कोशीका लागि अइस भट्टराईले सर्वाधिक ३७ रन जोडे।

बागमतीका लागि सूर्य तामाङले ५ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमती ४९ दशमलव ३ ओभरमा २४० रनको योगफलमा समेटियो। बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ३९ रन जोडे। जितसँगै बागमती ६ अंकका साथ छैठौँ स्थानमा उक्लिएको छ भने कोशी २ अंकका साथ तालिकाको पुछारमा छ।

प्रकाशित: ९ चैत २०८१ २०:३३ | Saturday, March 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast