प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै स्थगित

हिमाल प्रेस २८ फागुन २०८१ ११:३४ | Wednesday, March 12, 2025
प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै स्थगित

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बुधबार सुरु हुनेबित्तिकै स्थगित भएको छ। बैठकमा मन्त्रीको उपस्थिति नभएपछि स्थगित भएको हो। माओवादी प्रमुख सचेतक हितराज पाण्डेले मन्त्रीको अनुपस्थितिमा बैठक सञ्चालन गर्न नदिने बताएपछि सभामुख देवराज घिमिरेल १५ मिनेटका लागि स्थगित गरेका हुन्।

बैठकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्नेछन्।

त्यस्तै आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, प्रकाश ज्वाला र प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिनेछ। माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित: २८ फागुन २०८१ ११:३४ | Wednesday, March 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast