प्रतिगमनविरुद्ध शक्ति प्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय

हिमाल प्रेस १ चैत २०८१ ११:१७ | Friday, March 14, 2025
प्रतिगमनविरुद्ध शक्ति प्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौँ- विपक्षी चार दल सम्मिलित समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा बृहत् जनसभा गर्ने भएको छ। आज बसेको मोर्चाको बैठकले जनसभालाई भव्य बनाउन आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ।

बैठकपछि नेता खड्गबहादुर विश्वकर्माले १५ गतेको प्रदर्शनलाई ऐतिहासिक बनाउन मोर्चाले तयारी गरिरहेको बताए। उनका अनुसार देशमा बढ्दै गएको प्रतिगमनविरुद्ध हजारौँ जनताको सहभागिता सुनिश्चित गर्दै त्यसलाई असफल बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो।

मोर्चाले प्रदर्शनअघि नै बुद्धिजीवी, नागरिक समाज तथा अन्य राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ। सोहीअनुसार भोलि बिहान ११ बजे बुद्धिजीवी तथा नागरिक समाजसँग अन्तरक्रिया तथा परामर्श कार्यक्रम आयोजना गरिनेछ।

दिउँसो साढे २ बजे कुपण्डोलस्थित हिमालयन होटेलमा पत्रकार सम्मेलनसमेत गरिने विश्वकर्माले जानकारी दिए।

प्रकाशित: १ चैत २०८१ ११:१७ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast