पूर्व–पश्चिम राजमार्गमा जिप र बस ठोक्किँदा चालकको मृत्यु

हिमाल प्रेस १५ चैत २०८१ १०:५३ | Friday, March 28, 2025
पूर्व–पश्चिम राजमार्गमा जिप र बस ठोक्किँदा चालकको मृत्यु

मकवानपुर- मकवानपुरको मनहरी गाउँपालिका-६, लोथर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान चितवनबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०३–००१च ३०१२ नम्बरको जिप एकापसमा ठोक्किँदा जिपका चालक ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।‍

मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घर भएका चालक कोइरालाको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उनको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १५ चैत २०८१ १०:५३ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast