पीएम कप : लुम्बिनीले गण्डकीलाई दियो २१८ रनको लक्ष्य

हिमाल प्रेस २९ फागुन २०८१ १२:४६ | Thursday, March 13, 2025
पीएम कप : लुम्बिनीले गण्डकीलाई दियो २१८ रनको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई २१८ रनको मध्यम लक्ष्य दिएको छ।

सिदार्थ रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४९.५ ओभरमा २१७ रनमा अलआउट भयो। मृनाल गुरुङले सर्वाधिक ३८ रन बनाउँदा कप्तान देव खनालले ३३ रन बनाए । बिप्राशन केसीले २५ तथा मनिष थापाले २४ रन बनाए ।

गण्डकीका अमृत गुरुङले ३ विकेट लिए भने चन्द्र पौडेल र बिपिन खत्रीले २-२ विकेट लिँदा सुबास भण्डारी, कमल परियार र वंश क्षेत्रीले १-१ विकेट लिए ।

गण्डकी प्रदेशले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा कर्णाली प्रदेशलाई हराएको थियो । लुम्बिनीले पहिलो खेलमा कोशीलाई हराउँदा दोस्रो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो ।

प्रकाशित: २९ फागुन २०८१ १२:४६ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast