परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा. पाण्डे नियुक्त

हिमाल प्रेस १ चैत २०८१ १९:१२ | Friday, March 14, 2025
परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा. पाण्डे नियुक्त

काठमाडौँ– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सरोजा कार्की पाण्डे नियुक्त भएकी छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई नियुक्त गरेका हुन्। डा. पाण्डेले सोही अस्पतालमा १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरेकी छन्। उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्रीरोग विशेषज्ञमा एमडी गरेकी छन्।

यसअघि भरतपुर अस्पतालको रजिष्ट्रार भइसकेकी पाण्डेले प्रसूति तथा स्त्रीरोगसम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिकासमेत निर्वाह गरेकी छन्।

प्रकाशित: १ चैत २०८१ १९:१२ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast