पत्रकारले तथ्य आधारित भएर समाचार लेख्नुपर्छ : मुख्यमन्त्री कँडेल

हिमाल प्रेस १ चैत २०८१ १६:३९ | Friday, March 14, 2025
पत्रकारले तथ्य आधारित भएर समाचार लेख्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारले तथ्यमा आधारित भएर समाचार लेख्नुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ कर्णालीले प्रदेशका महिला पत्रकारहरूका लागि आयोजना गरेको तीन दिने तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले पत्रकारका लागि रचनात्मक कार्यक्रम ल्याइरहेको बताए।

कर्णाली प्रदेशको आमसञ्चार विधेयक प्रति लक्षित गर्दै मुख्यमन्त्री कँडेलले अधिकारका लागि भन्दा हैसियत र संरचनामा ध्यान जाँदा विधेयक नै विवादित हुँदै गएको बताए।

पत्रकारका लागि प्रदेश सरकार सहयोगीको रूपमा रहेको उनको भनाइ छ। सरकारले गरेका राम्रा कामका बारेमा समेत पत्रकारले समाचार प्रकाशित गर्नुपर्ने भन्दै नराम्रा कुराको मात्र धेरै प्रचार भइरहेको मन्त्री कडेँले उल्लेख गरे।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारको संरक्षण सरकारले गर्नुपर्ने बताए। कर्णालीको सञ्चारमाध्यमलाई टिकाउनका लागि यहाँकै स्थानीय र प्रदेश सरकारको दायित्व भएकाले नीति बनाएर काम गर्नुपर्ने आवश्यकता भएको उनको भनाइ छ।

पत्रकारको क्षमता अभिवृद्धि र सञ्चार गृहको आर्थिक अवस्था मजबुत बनाउनका लागि प्रदेश सरकारले काम गर्नुपर्नेमा शर्माको जोड थियो। महिला पत्रकारको क्षमता विकाससँगै लैंगिक नीति निर्माणमा सरकारले चासो दिनुपर्ने समेत उनले बताइन्।

पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले तालिमले व्यावसायिकतामा दक्षता हासिल गर्न सहयोग पुग्ने बताए।

प्रकाशित: १ चैत २०८१ १६:३९ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast