नेप्से निरन्तर ओरालोतिर

हिमाल प्रेस ७ चैत २०८१ १७:०१ | Thursday, March 20, 2025
नेप्से निरन्तर ओरालोतिर

काठमाडौँ– शेयर बजारमा आज पनि गिरावट आएको छ। यो साता कारोबारको लगातार पाचौँ दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो।

आज नेप्से परिसूचक १२ दशमलव ८४ अंकले घटेर दुई हजार छ सय ६९ दशमलव ३१ को विन्दुमा कायम भएको छ। आज तीन सय १२ कम्पनीको ९५ लाख ९९ हजार तीन सय ४३ कित्ता शेयर ५५ हजार चार सय ७६ पटक खरिद बिक्री हुँदा चार अर्ब ५६ करोड १३ लाख ११ हजार दुई सय ८२ मूल्य बराबरको कारोबार भएको हो।

आज ६२ कम्पनीको मूल्य बढ्दा एक सय ७५ को घटेको छ भने सात कम्पनीको शेयर मूल्य स्थिर छ। आज व्यापार समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशत बढेको छ।

आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी छ दशमलव ९० प्रतिशतले बढेको छ।

प्रकाशित: ७ चैत २०८१ १७:०१ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast