नेपाल प्रहरी अस्पतालमा थपियो पीजी अध्ययन गर्ने चिकित्सकको कोटा

हिमाल प्रेस २७ फागुन २०८१ १७:४७ | Tuesday, March 11, 2025
नेपाल प्रहरी अस्पतालमा थपियो पीजी अध्ययन गर्ने चिकित्सकको कोटा

काठमाडौँ- नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ। चिकित्सा अध्ययन प्रतिष्ठान न्याम्स र नेपाल प्रहरी अस्पतालबीच यस सम्बन्धमा सम्झौता भएको छ।

हाल १२७ जनाले चिकित्सक तथा नर्सिङमा पीजी अध्ययन गर्दै आइरहेकामा आवश्यक फ्याकल्टी थप गर्न दुई पक्षबीच सम्झौता भएपछि अब यो संख्या २५० पुग्ने भएको छ। न्याम्सको कार्यकारी बैठकले हालै यससम्बन्धी निर्णय गरेको थियो। सोही आधारमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यससम्बन्धी सम्झौता भएको हो।

सम्झौताअनुसार न्याम्सले नेपाल प्रहरी अस्पतालमा फ्याकल्टी थपको अनुमति दिएको छ। अस्पतालको विकासमा समेत सघाउने न्याम्सले सम्झौता गरेको हो।

प्रहरी अस्पतालले भने रेजिडेन्ट चिकित्सा विद्यार्थीलाई सरकारी नियमानुसार भत्ता उपलब्ध गराउने सम्झौता गरेको छ। सम्झौतामा नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल निर्देशक एआईजी डा. सुन्दरप्रसाद ह्योजु तथा न्याम्सका तर्फबाट रेक्टर प्राडा लोचन कार्कीले हस्ताक्षर गरेका थिए।

प्रकाशित: २७ फागुन २०८१ १७:४७ | Tuesday, March 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast