नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, यस्तो छ कारण

हिमाल प्रेस १० चैत २०८१ ११:०७ | Sunday, March 23, 2025
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, यस्तो छ कारण

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो। सुनचाँदीको मूल्य घट्नुको कारण सामान्यतया बजारमा आपूर्ति र मागको असंतुलन, अन्तर्राष्ट्रिय बजारको असर, मुद्रा सट्टा व्यापारको उतारचढाव र अन्य आर्थिक कारणहरू हुन्।

प्रकाशित: १० चैत २०८१ ११:०७ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast