दीपेन्द्र ‘डकआउट’ भएको खेलमा पुलिस १४७ रनमा समेटियो

हिमाल प्रेस १२ चैत २०८१ १२:४९ | Tuesday, March 25, 2025
दीपेन्द्र ‘डकआउट’ भएको खेलमा पुलिस १४७ रनमा समेटियो

काठमाडौँ- प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्षमा रहेको नेपाल पुलिसलाई कर्णाली प्रदेशले १४७ रनमा समेटेको छ।

पुलिसका माथिल्लो तहको ब्याटिङ साझेदारी नबन्दा कर्णालीले ४८ ओभरमा अलआउट गरेको हो। दाङको देउखुरी क्रिकेट रंगशालामा टस जितेर बलिङ रोजेको कर्णालीका लागि अनुज चनाराले ४, दिवान पुनले ३ विकेट लिँदा पुलिस कमजोर बनेको थियो।

सुनिल धमला, दीपेन्द्र रावत र दिनेश अधिकारीले समान १-१ विकेट लिएका थिए। पुलिसका लागि ओपनर अर्जुन साउदको ३६ रन नै सर्वाधिक बन्यो। दिलिप नाथ ३४, सागर ढकाल २२, श्रवन यादव ११ रनमा समेटिएका थिए।

कप्तान दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट हुँदा ओपनर कुशल भुर्तेल १ रन बनाएर फर्किएका थिए। खेलको दोस्रो इनिङ्स केहीबेरमा सुरु हुनेछ।

प्रकाशित: १२ चैत २०८१ १२:४९ | Tuesday, March 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast