तीनकुने घटना : मण्डले आततायी तत्त्वहरूलाई खोजी खोजी कारबाही गरियोस् : नेसपा नयाँ शक्ति

हिमाल प्रेस १६ चैत २०८१ २०:४९ | Saturday, March 29, 2025
तीनकुने घटना : मण्डले आततायी तत्त्वहरूलाई खोजी खोजी कारबाही गरियोस् : नेसपा नयाँ शक्ति

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले हिंसात्मक गतिविधिको सशक्त प्रतिवाद गर्न अग्रगमन पक्षधर शक्तिहरूलाई आह्वान गरेको छ।

नेसपा नयाँ शक्तिका प्रवक्ता कृष्ण शर्माले एक विज्ञप्ति जारी गर्दै विध्वंसकारी गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

‘आज (शुक्रबार, १५ चैत) राजावादीहरूले कथित आन्दोलनका आवरणमा मच्चाएको वितण्डताप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ यसमा थप भनिएको छ, ‘सर्वसाधारण जनताका निजी सम्पत्तिहरू, व्यापारिक केन्द्रहरू, राजनीतिक दलका कार्यालयहरू, सञ्चारगृहहरू, यातायातका साधनहरू र सार्वजनिक सम्पत्तिमाथि योजनाबद्धरूपमा गरिएका तोडफोड, लुटपाट र आगजनी लगायतका उच्छृंखल, अराजक र आपराधिक गतिविधिहरूको हाम्रो पार्टी घोर विरोध र भर्त्सना गर्दछ।’

मण्डले आततायी तत्त्वहरूले निजी व्यक्तिको घरमा आगो लगाएर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको ज्यान लिएका छन् भने कीर्तिपुर निवासी सविन महर्जनको पनि मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ।

‘राजतन्त्र पुनर्स्थापना गर्न आन्दोलनको नाममा जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याई यस्ता विध्वंसकारी गतिविधिहरूलाई समयमै नियन्त्रण गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ।

तीनकुने घटना अपडेट : १११ जना पक्राउ, १८ कार्यालय तोडफोड र १२ ठाउँमा आगजनी

प्रकाशित: १६ चैत २०८१ २०:४९ | Saturday, March 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast