तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, चालक नियन्त्रणमा

हिमाल प्रेस २ चैत २०८१ ९:५५ | Saturday, March 15, 2025
तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, चालक नियन्त्रणमा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको तीनकुनेमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बिहान ४ः३० बजे प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु प्रहरीले जनाएको छ।

उपचारका क्रममा बिहान ५ः३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो ।

सो दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: २ चैत २०८१ ९:५५ | Saturday, March 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast