तस्बिरमा होलीको हर्षोल्लास

हिमाल प्रेस २९ फागुन २०८१ १२:५५ | Thursday, March 13, 2025
तस्बिरमा होलीको हर्षोल्लास

 काठमाडौँ- फागुपूर्णिमा अर्थात् होली, रंग र उमङ्गको पर्व हो। आपसी मेलमिलाप, सद्भाव र उत्साहको प्रतीकका रूपमा यो पर्व नेपालभर धुमधामका साथ मनाइन्छ। पहाडी क्षेत्रमा आज होली मनाइँदैछ भने मधेशमा भोलि विशेष उल्लासका साथ पर्व मनाइनेछ। मिथिला क्षेत्रमा भने फागुन लागेपछि नै होलीको रौनक सुरु हुन्छ।

यस पर्वमा धार्मिक र सांस्कृतिक महत्त्व मात्र नभई सामाजिक एकताको सन्देश पनि समेटिएको हुन्छ। विभिन्न समुदाय र भूगोलअनुसार होली मनाउने तरिकामा विविधता भए पनि यसको उद्देश्य खुशी बाँड्नु, भेदभाव हटाउनु र भाइचारालाई मजबुत पार्नु हो। तर, उल्लासको नाममा उच्छृङ्खल गतिविधि नहोस् भन्ने चेतना आवश्यक छ।

यसै सन्दर्भमा, काठमाडौँ उपत्यकासहित देशभर सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रशासनले मर्यादित रूपमा होली मनाउन आग्रह गर्दै उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।

नेपालभर रंग, अबिर, गीत-संगीत र परम्परागत संस्कृतिको मिश्रणसहित फागुपर्व उल्लासमय वातावरणमा मनाइँदै छ।

भक्तपुरको भीमसेन मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुँइचो लागेको छ। धार्मिक मान्यता अनुसार फागुपूर्णिमाको दिन यहाँ पूजाआजा गर्दा आम्दानीका नयाँ स्रोत खुल्ने विश्वास गरिन्छ।

राष्ट्रपति रामचन्द्र पौडेलले होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गर्दै नेपालीको विविध संस्कृतिलाई होलीले झन् बलियो पार्ने शुभकामना दिएका छन्।

हेर्नुस् तस्बिरहरू

प्रकाशित: २९ फागुन २०८१ १२:५५ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast