चार देश सम्मिलित शृंखला खेल्न क्रिकेट टोली घोषणा, परेनन् सन्दीप

हिमाल प्रेस १७ चैत २०८१ ९:०१ | Sunday, March 30, 2025
चार देश सम्मिलित शृंखला खेल्न क्रिकेट टोली घोषणा, परेनन् सन्दीप

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले ओपनर अनिलकुमार साह र स्पिनर सन्दीप लामिछानेलाई बाहिर राख्दै २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

अनिल र सन्दीप बाहिर रहँदा किरण ठगुन्ना, दीपेन्द्र रावत, रुपेश सिंह र अर्जुन घर्तीले पहिलो पटक बन्द प्रशिक्षणमा स्थान बनाएका छन् ।

क्यानका अनुसार सन्दीपलाई हर्नियाको शल्यक्रियापछि पूर्ण रूपमा फिट नभएका तथा अनिललाई औलाको चोट बल्झिएका कारण बाहिर राखिएको हो । बन्द प्रशिक्षण बुधबारदेखि रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा हुनेछ ।

नेपालले हङकङमा चार देशसम्मिलित टी२० अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ। अप्रिल ९ देखि १३ अप्रिलसम्म हुने शृंखलमा नेपाल, हङकङ कतार र कुवेतको सहभागी हुनेछन् ।

नेपालले कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यस्तै नेपालले दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ ।

सन्दीप लामिछाने र ओपनर अनिलकुमार साहलाई बाहिर राख्दै २० खेलाडीलाई नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ।

अनिललाई चोट र सन्दीपले भर्खरै शल्यक्रिया गरेका कारण बाहिर राख्दै नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको हो। स्टार खेलाडी बाहिरिँदा किरण ठगुन्ना, दीपेन्द्र रावत, रूपेश सिंह र अर्जुन घर्तीले पहिलोपल्ट बन्द प्रशिक्षणमा स्थान बनाएका छन्। यिनीहरूले शनिबार नै लुम्बिनी प्रदेशमा सम्पन्न भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

सन्दीपले भने शल्यक्रियाकै कारण प्रधानमन्त्री कप खेलेका थिएनन्। हर्नियाको शल्यक्रियापछि सन्दीप पूर्ण रूपमा फिट भएका छैनन्। अनिलको भने औँलाको चोट बल्झिएको छ। बन्द प्रशिक्षण पनि बुधबारदेखि रूपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा सुरु हुने क्यानले जनाएको छ।

प्रकाशित: १७ चैत २०८१ ९:०१ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast