काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २२ रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५५ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ।
यसैगरी, मटरकोसा प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ ।
 
 
                            प्रकाशित: ४ चैत  २०८१ ८:०५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

