आसिफको अर्धशतकमा एपीएफले गण्डकीलाई दियो २५९ रनको लक्ष्य

हिमाल प्रेस १० चैत २०८१ १२:५३ | Sunday, March 23, 2025
आसिफको अर्धशतकमा एपीएफले गण्डकीलाई दियो २५९ रनको लक्ष्य

काठमाडौँ- ओपनर आसिफ सेखले ७४ बलमा ८० रनको आक्रामक पारी खेल्दा एपीएफले गण्डकी प्रदेशलाई २५९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगितामा एपीएफका अर्का ओपनर लोकेश बमले ४६ रन बनाए। यसका अतिरिक्त सुमित महर्जन ३१, कमल सिंह ऐरी २५, अमरसिंह रौटेला २४, दीपक बोहोरा ११, भुवन कार्की १५ रन बनाएर आउट भएका थिए।

भैरहवाको एक्सट्रा टेक ओभलमा टस जितेर बलिङ रोजेको गण्डकीका लागि सुदीप अर्याल र सन्दीप पराजुलीले समान ३-३ विकेट लिएका थिए। कमल परियारले २ विकेट लिँदा चन्द्र पौडेलले १ विकेट लिएका थिए।

प्रकाशित: १० चैत २०८१ १२:५३ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast