आक्रमणमा परेका उम्मेदवार देवकोटा। तस्बिर : हेमराज थापा फेसबुक
काठमाडौँ- आरआर क्याम्पसमा उम्मेदवारमाथि कुटपिट भएको छ। स्ववियुको सचिवमा उम्मेदवारी दिएका दीपक देवकोटामाथि आक्रमण भएको हो।
स्वतन्त्र विद्यार्थीहरुको समूहबाट उम्मेदवारी दिएका देवकोटालाई बुधवार क्याम्पसको खेल मैदानमा १०–१२ जना विद्यार्थीले आक्रमण गरेका हुन्।
अनेरास्ववियुमा आवद्ध निराजन भट्ट सहितको समूहले आक्रमण गरेको देवकोटा पक्षका विद्यार्थीले दाबी गरेका छन् ।
आक्रमणमा संलग्न भट्ट एमाले निकट अनेरास्ववियुको सभापतिका उम्मेदवार लोकेश खड्का निकट हुन् ।
प्रकाशित: २८ फागुन २०८१ १२:०९ | Wednesday, March 12, 2025
प्रतिक्रिया





