‘आन्दोलनमा उक्साउने’ मिश्र र राणा पक्राउ परेपछि राप्रपा बैठकले भन्यो- सरकार नै तीनकुने घटनाको जिम्मेवार

हिमाल प्रेस १६ चैत २०८१ १९:०६ | Saturday, March 29, 2025
‘आन्दोलनमा उक्साउने’ मिश्र र राणा पक्राउ परेपछि राप्रपा बैठकले भन्यो- सरकार नै तीनकुने घटनाको जिम्मेवार

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमा भएको घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार नै दोषी रहेको दाबी गरे।

उनले भने, ‘हिजो जे घटना भयो त्यसमा सरकारको संलग्नता थियो। सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको थियो।’

राजावादी प्रदर्शनका नाममा तीनकुनेमा पत्रकार, सर्वसाधारणको हत्या, सञ्चार गृह, व्यापारिक भवन, निजी घर तोडफोड र सुरक्षाकर्मीमाथि आक्रमण भएको थियो।

‘आन्दोलनमा उक्साउने’ राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई सरकारले पक्राउ परेको छ।

सांसद धवललाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी सभामुखलाई

प्रकाशित: १६ चैत २०८१ १९:०६ | Saturday, March 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast