आईपीएल : रोहित शून्य रनमा आउट, रविन्द्र र गैकवाडले चेन्नईलाई जिताए

हिमाल प्रेस ११ चैत २०८१ ७:०७
आईपीएल : रोहित शून्य रनमा आउट, रविन्द्र र गैकवाडले चेन्नईलाई जिताए

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ।

आइतबार चेन्नइमै भएको खेलमा पहिला ब्याटिङ गरेको मुम्बईले ९ विकेट गुमाउँदै १५६ रनको लक्ष्य प्रस्तुत गर्‍यो। चेन्नईले घरेलु मैदानमा पाँच बल बाँकी रहँदा ६ विकेट गुमाउँदै जित निकालेको हो।

चेन्नईको जितमा रचिन रविन्द्र र कप्तान ऋतुराज गैकवाडले अर्धसतक बनाए। रविन्द्रले अविजित ४५ बलमा सर्वाधिक ६५ रन बनाएका हुन्।

ऋतुराजले आक्रामक ब्याटिङ गर्दै २६ बलमा ५३ रन जोडे। मुम्बईका भिग्नेस पाथुरले सर्वाधिक तीन विकेट लिए हात पारेका थिए।

यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईको लागि कुनै पनि ब्याटरले ठूलो स्कोर गर्न सकेनन्। तिलक बर्माले ३१, कप्तान सूर्यकुमार यादवले २९ र दीपक चहरले २८ रन बनाए। रोहित शर्मा भने शून्य रनमा आउट भए।

बलिङतर्फ चेन्नईका नूर अहमदले ४ ओभरमा ४ विकेट लिएका थिए। खालिल अहमदले तीन विकेट लिए।

प्रकाशित: ११ चैत २०८१ ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast