अल्बानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

हिमाल प्रेस २ चैत २०८१ १९:३६ | Saturday, March 15, 2025
अल्बानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ३४ वर्षीय युवराज घिमिरे रहेको प्रहरीले जनाएको छ।

उनले अल्बानिया पठाइदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ ठगेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

चार जना मृत भेटिए

यसैबीच, झापाको हल्दिबारी गाउँपालिका–४ मङ्गलबारे बस्ने ६० वर्षीय थुरूम मर्डी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

झापाकै मेचीनगर नगरपालिका–१५ गाईनोबारी बस्ने ३२ वर्षीय वीरबहादुर राजवंशी पनि आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

बैतडीको दोगडाकेदार गाउँपालिका–५ दोलीस्थित महाकाली राजमार्ग सडक छेउमा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन्।

रौतहट, चन्द्रपुर नगरपालिका–७ स्थित आमो खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष मृत भेटिएका प्रहरीले जनाएको छ।

प्रकाशित: २ चैत २०८१ १९:३६ | Saturday, March 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast