
काठमाडौँ- गृह मन्त्रालयले भूकम्पपछिको पुनर्निर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुर्ननिर्माण र पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइ निर्माण गर्ने भएको छ।
आगामी फागुन २३ गते बझाङ, २४ गते अछाम र २५ गते जाजरकोट मा पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन्।
लेखकको अध्यक्षमा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औँ बैठकले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आँकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई सरकारले तिव्र रूपमा अघि बढाउने कार्यालय निर्माण गर्न लागेको बताएका हुन्।
जाजरकोटमा गत २०८० कात्तिक, बझाङमा २०८० असोज र डोटीमा २०७९ कार्तिकमा केन्द्रबिन्दु भएर भूकम्प भएको थियो। ‘हामीले बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र नीजि घरको पुर्ननिर्माण एवं पुर्नस्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएको छ।’
गृहमन्त्री लेखकले भने, ‘अब जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट नीजि घरमा भएको क्षति आँकलन गर्ने काम अगाढी बढ्नुका साथै पुर्ननिर्माण र पुर्नस्थापनको काम अगाढी बढाउछौँ।’