बिपिन जोशी। फाइल तस्बिर
हमासले शनिबार थप ६ जना बन्धक छाडेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार वेस्ट बैंक र गजाबाट हमासले ६ जना बन्धक रेडक्रसमार्फत इजरायललाई फिर्ता गरेको हो। शनिबार छाडिएका ६ जनै इजरायली नागरिक हुन्।
शनिबार ३७ वर्षका अवेरा मेन्गिस्तु , ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमेर वेनकर्ट र २२ वर्षका ओमेर शेम टोभ रिहा गरिएका हुन्। नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा भएका छैनन्। अहिलेसम्म उनको पालो आएन।
उनलाई छुटाउन नेपालबाट कूटनीतिक पहल हुन नसकेको कूटनीतिज्ञहरू बताउँछन्। यसबीचमा परराष्ट्रमन्त्री स्तरबाट पहल भइरहेको भए पनि प्रधानमन्त्री लेबलबाट प्रयास नभएको बताइने गरेको छ।
प्रकाशित: ११ फागुन २०८१ ७:३७ | Sunday, February 23, 2025
प्रतिक्रिया




