समाजिक रुपान्तरणका लागि राष्ट्रिय मेलमिलापको खाँचो : थापा

हिमाल प्रेस ७ फागुन २०८१ १८:५७
6
SHARES
समाजिक रुपान्तरणका लागि राष्ट्रिय मेलमिलापको खाँचो : थापा

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक रुपान्तरणका लागि राष्ट्रिय मेलमिलापको आवश्यकता रहेको बताएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने बताए।

प्रजातन्त्र दिवसको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले यस अवसरमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यानको बलिदानी दिने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरे।

कार्यक्रममा अर्थविद् डा. विश्व पौडेल, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, भास्कर भद्रा र निरज शाहले मुलुकमा रहेको निरंकुश, जहाँनिया व्यवस्थाबाट देशलाई मुक्त गरी प्रजातान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवसको ऐतिहासिक महत्वबारे चर्चा गरेका थिए।

प्रकाशित: ७ फागुन २०८१ १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast