आफूले गरेको त्यागलाई कमजोरी नठान्न पूर्वराजा ज्ञानेन्द्रको चेतावनी, साथ दिन देशवासीमा आह्वान

हिमाल प्रेस ६ फागुन २०८१ २१:३१
36
SHARES
आफूले गरेको त्यागलाई कमजोरी नठान्न पूर्वराजा ज्ञानेन्द्रको चेतावनी, साथ दिन देशवासीमा आह्वान

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन आह्वान गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा आज (मंगलबार) भिडियो सन्देश जारी गर्दै शाहले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका हुन्।

‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ,’ सन्देशमा भनेका छन्, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौँ।’

उनले देशमा संकट नआओस् भनेर राष्ट्रहितका लागि उदारता देखाएको पनि बताएका छन्। ‘हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा, सुख सुविधालाई पनि त्याग गरेका हौँ। त्यागले कसैको कद सानो हुने होइन,’ उनले भनेका छन्, ‘त्यस्तो भाव कसैले पनि कमजोरी ठान्नु हुँदैन।’

प्रकाशित: ६ फागुन २०८१ २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast