
काठमाडौँ- कर्णाली नदीमा फसेको एस्काभेटरबाट तीन जनाको उद्धार गरिएको छ।
आइतबार करिब २ बजे तिर मुगुको खत्याड गाँउपालिका र बाजुराको हिमाली गाउँपालिकाबीच झुगोलामा कर्णाली नदी पार गर्न खोज्दा एक्साभेटरसहित तीन जना फसेका थिए। एक्साभेटर जुम्लाबाट हुम्ला लैजान लागिएको थियो।
एस्काभेटर नदीमा फसेपछि नजिकै रहेको हिमाली गाउँपालिकाको पहलमा दुवैतर्फका नेपाल प्रहरी लगायतको सहयोगमा करिब तीन घण्टा पछि तीन जनाको डुंगाबाट उद्धार गरिएको हो।
आवश्यक मेसिन तथा उपकरण अभावले एस्काभेटर भने कर्णालीबाट निकाल्न सकिएको छैन।
प्रकाशित: २७ माघ २०८१ १९:०४
प्रतिक्रिया