ब्राइटनको पुनरागमन जित, एफएबाट बाहिरियो चेल्सी

हिमाल प्रेस २७ माघ २०८१ ८:१६
8
SHARES
ब्राइटनको पुनरागमन जित, एफएबाट बाहिरियो चेल्सी

काठमाडौँ- इंग्लिस टिम चेल्सी एफए कपमा हार व्यहोर्दै बाहिरिएको छ। ब्राइटनले २–१ को पुनरागमन जित निकाल्दा स्तब्ध चेल्सी पाँचौं चरणमा स्थान बनाउन असफल रहेको हो।

ब्राइटनका गोलकिपर बार्ट फरब्रुग्गनले खेलको पाँचौं मिनेटमा कोल पामरको क्रस नियन्त्रणमा लिन नसक्दा आत्मघाती गोल खान पुगेका थिए। तर, चेल्सीले उक्त अग्रता सात मिनेटभन्दा बढी कायम राख्न सकेन।

जर्जिनियो रुटरले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए। पाल्मरले पहिलो हाफमै पुनः अग्रता दिलाउन राम्रो अवसर पाएका थिए। तर, उनी चुक्दा ब्राइटनले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्न सफल रह्यो।

मितोमाले ५७औं मिनेटमा गोल गर्दै ब्राइटनलाई जित दिलाए। उनले चेल्सीका गोलकिपर रोबर्ट सान्चेजलाई छल्दै सुन्दर फिनिस गरे। गोलमा हातले बल छोएको भन्दै विवाद भएको थियो। तर, भिएआर नहुँदा उक्त गोलले मान्यता पाएको हो।

चेल्सीले डिसेम्बरको सुरुदेखि कुनै पनि प्रतियोगितामा ‘अवे’ जित हात पार्न सकेको छैन। प्रशिक्षक एन्जो मारेस्काको पहिलो सिजनमा चेल्सीको उपाधि जित्ने सम्भावना अब यूइएफए कन्फ्रेन्स लिगमा मात्र बाँकी रहेको देखिन्छ।

प्रशिक्षक फाबियन हुरजेलरको नेतृत्वमा ब्राइटनलेलिगमा अस्थिर प्रदर्शन गरिरहेको छ। तर, गत हप्ता नटिङ्घम फरेस्टसँग ७–० को लज्जास्पद हारपछि टोली पुनरागन गर्न सफल भएको छ।

प्रकाशित: २७ माघ २०८१ ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast