दशरथ रंगशालामा चारदेशीय महिला फुटबल, फर्किदैछन् रेखा, सावित्रा र अञ्जिला

हिमाल प्रेस २७ माघ २०८१ ७:२०
10
SHARES
दशरथ रंगशालामा चारदेशीय महिला फुटबल, फर्किदैछन् रेखा, सावित्रा र अञ्जिला

काठमाडौँ- आउँदो फागुन ५ बाट दशरथ रंगशालामा चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ। नेपालले पाहुना टोली किर्गिस्तान, म्यानमार र लेवनानसँग प्रतिस्पर्धा गर्ने छ। खेलमा लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रकाशन गरेको तालिका अनुसार नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ।

नेपालले यहीँ मैदानमा किर्गिस्तान, लेवनान र म्यानमार सहभागी इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्दै पुनरागमन गर्न लागेको हो। यही प्रतियोगिताका लागि मुख्यप्रशिक्षक राजेन्द्र तामाङले ३९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए।

तर, तीमध्ये कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बाप्पो सुब्बा तथा स्ट्राइकरद्वय सावित्री भण्डारी ‘सम्बा’ र रेखा पौडेल भने अनुपस्थित छन्। अञ्जिला व्यावसायिक फुटबल खेल्न ग्रीस पुगेकी छन्।

सावित्रका फ्रान्स र रेखा संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको कारण बन्द प्रशिक्षणमा सहभागी नरहेको मुख्यप्रशिक्षक तामाङले जानकारी दिए। यद्यपि, यी तीन मुख्य खेलाडी प्रतियोगिता खेल्न स्वदेश फर्किने छन्। उनका अनुसार अञ्जिला र रेखा माघ २९ गते टोलीमा फर्किने छन्।

सावित्रा भने फागुन दुई गतेदेखि मात्रै जोडिने छन्। अञ्जिलाको कप्तानीमा नेपाललाई साफको फाइनलसम्म पुर्‍याउन रेखाले सात गोल गरेकी थिइन्। सावित्राले भने दुई गोल गरिन्।

प्रकाशित: २७ माघ २०८१ ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast