कालीकोटको नरहरिनाथमा ट्रक दुर्घटना, एकको मृत्यु

हिमाल प्रेस २५ माघ २०८१ १२:३५
8
SHARES
कालीकोटको नरहरिनाथमा ट्रक दुर्घटना, एकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

कालीकोट- कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

नरहरिनाथ-८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना हुँदा नरहरिनाथ-५ रुप्साका ४५ वर्षीय गंगा  देउवाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।

घाइते देउवालाई प्रहरीले भीरबाट निकालेर उपचारका लागि सदरमुकाम मान्म लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो। ट्रक चालक हाम फालेर बाँच्न सफल भएका छन्।

प्रकाशित: २५ माघ २०८१ १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast