
काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज बिहान धुम्म मौसम भएको जनाएको छ। महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाउँदै उक्त वायुले प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ।
आज दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ। आज राति पनि यसले निरन्तरता पाउने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहानीपख तराईका भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ।
प्रकाशित: २५ माघ २०८१ ६:२४
प्रतिक्रिया