इन्द्र चौधरीलाई सर्वोत्कृष्ट बालसाहित्य लेखन पुरस्कार

हिमाल प्रेस २१ माघ २०८१ १०:५०
88
SHARES
इन्द्र चौधरीलाई सर्वोत्कृष्ट बालसाहित्य लेखन पुरस्कार

काठमाडौँ- इन्द्र चौधरीलाई सर्वोत्कृष्ट बालसाहित्य लेखन पुरस्कार प्रदान गरिएको छ। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेली र नेपाल बालसाहित्य संस्थाका अध्यक्ष प्रमोद प्रधानले चौधरीलाई पुरस्कार प्रदान गरे।

चौधरीलाई २०७९ सालमा रूम टु रिडद्वारा प्रकाशित ‘नयाँ बनपाले’ (प्रकाशित पहिलो र कथा दोस्रो) बालचित्र पुस्तकका लागि २०७९ को ८ वर्षभन्दा कम उमेर समूहको बालपुस्तक लेखनको सर्वोत्कृष्टका लागि ‘नेबासास बालपुस्तक लेखन पुरस्कार’ प्रदान गरिएको हो।

झन्डै ५ वर्षदेखि बालसाहित्य अनुवाद तथा लेखन गर्दै आएका चौधरीका अहिलेसम्म ४ वटा (चित्रपुस्तक) प्रकाशन भएका छन् भने अङ्ग्रेजीबाट नेपाली, थारू र रानाथारू भाषामा दर्जनौं बालकथा अनुवादसमेत गरेका छन्।

पुरस्कार ग्रहणपछि शिक्षकसमेत रहेका चौधरीले नेपाल बालसाहित्य समाजलाई धन्यवाद दिए। साथै आफ्नो कथालाई उत्कृष्ट बनाउनमा महत्त्वपूर्ण भूमिका निभाएकोमा वरिष्ठ बालसाहित्यकार, आख्यानकार अनन्त वाग्ले र आकर्षक चित्र बनाउने अनुश्री लामालाई पनि धन्यवाद दिएका छन्।

उनले आफ्नो लेखनलाई मूल्यांकन पुरस्कारका लागि योग्य ठानेकोमा मूल्यांकन समितिलाई पनि धन्यवाद दिएका छन्।

प्रकाशित: २१ माघ २०८१ १०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast