प्रिमियर लिग क्लब एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेड फरवार्ड मार्कस रासफोर्डलाई ऋणमा स्थान्तरण गरेको छ। २७ वर्षीय खेलाडी सिजनको अन्त्यसम्मको लागि टिममा आबद्ध भएका छन्। रासफोर्डलाई भिल्लाले खरिद गर्ने विकल्प पनि समावेश गरेको छ।
युनाइटेड स्रोतका अनुसार रासफोर्डको तलबको कम्तीमा ७५ प्रतिशत भिल्लाले व्यहोर्नेछ।
इन्स्टाग्राममा लेख्दै रासफोर्डले भने, ‘यो ऋण सम्झौता सम्भव बनाइदेकामा म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लालाई धन्यवाद दिन चाहन्छु। मलाई केही क्लबहरूले सम्पर्क गरेका थिए तर एस्टन भिल्ला सजिलो निर्णय थियो म एस्टन भिल्लाले यस सिजनमा खेलिरहेको तरिका र प्रशिक्षकको महत्वकांक्षाको साँच्चै प्रशंसा गर्छु। म केवल फुटबल खेल्न चाहन्छु र नयाँ अधयाय शुरु गर्न उत्साहित छु। म म्यानचेस्टर युनाइटेडका सबैलाई बाँकी सिजनको लागि शुभकामना दिन चाहन्छु।’
डिसेम्बरमा म्यानचेस्टर डर्बीबाट बाहिरिएपछि बोल्दै रासफोर्डले आफू नयाँ चुनौतीको लागि तयार भएको बताएका थिए। भिल्ला पेरिस सेन्ट जर्मेनबाट स्पेनिस मिडफिल्डर मार्को एसेन्सियोलाई पनि ऋण सम्झौतामा अनुबन्ध गर्ने तयारीमा छ। बीबीसीबाट