‘११ : ५५’ को ‘रोक्ने छैन्’ सार्वजनिक

हिमाल प्रेस १० फागुन २०८१ ११:४१ | Saturday, February 22, 2025
‘११ : ५५’ को ‘रोक्ने छैन्’ सार्वजनिक

काठमाडौँ- केशव पाण्डेको डेव्यु निर्देशित फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत ‘रोक्ने छैन्’ सार्वजनिक भएको छ।  अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको गीतमा सुमन परियारको पनि स्वर रहेको छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिचर्ड छन्।

फिल्ममा मुख्य कलाकारहरू एमएस अग्रज, वुद्धि तामाङ, विशाल पहारीको पनि अभिनय रहेको छ। क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखनमा डेव्यु निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले साथ दिएका छन्।

अलल्मोडा राना उप्रेतीको संगीत, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन्।

विचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन्। सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ।

 

प्रकाशित: १० फागुन २०८१ ११:४१ | Saturday, February 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast