सिभिल अस्पतालका कर्मचारीहरू १० दिनदेखि आन्दोलनमा

हिमाल प्रेस ७ फागुन २०८१ १६:१७ | Wednesday, February 19, 2025
सिभिल अस्पतालका कर्मचारीहरू १० दिनदेखि आन्दोलनमा फाइल तस्बिर।

काठमाडौँ- निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मिनभवनमा कार्यरत दैनिक ज्यालादरी र सेसनका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

विभिन्न ७ बुँदे माग राख्दै सिभिल अस्पतालका ज्यालादारी र सेसनका कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमा उत्रिएको १० दिन भइसके पनि आफूहरूका जायज माग सम्बोधन गर्न सरोकारवालपक्ष तयार नभएको उनीहरूको भनाइ छ।

आन्दोलनरत कर्मचारीहरूले अस्पताल प्रशासन एवं व्यवस्थापनसँग अस्पतालको विनियमावली गठन आदेश तत्काल संशोधन, जोखिम भत्ता र सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न माग गरेका छन्।

त्यस्तै कार्यरत कर्मचारीहरू श्रेणी र तह बमोजिम पारिश्रमिक तथा सेवा सुविधा, सरकारले तोकेबमोजिमको स्थायी वा सो सरह उमेर हदसम्म कामकाज गर्न पाउने व्यवस्थाको सुनिश्चितताको माग पनि उनीहरूले अगाडि सारेका छन्।

आन्दोलनरत कर्मचारीहरूले अस्थायी, सेसन र दैनिक ज्यालादारी कर्मचारीहरूलाई स्थायित्वको प्रक्रिया अगाडि नबढाइ पदपूर्ति गर्ने प्रक्रियालाई बन्द गर्न माग गरेका छन्।

प्रकाशित: ७ फागुन २०८१ १६:१७ | Wednesday, February 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast