सामागाउँमा हिमपात, घरबाहिर निस्कन सकस

हिमाल प्रेस ४ फागुन २०८१ ७:४६ | Sunday, February 16, 2025
सामागाउँमा हिमपात, घरबाहिर निस्कन सकस

काठमाडौँ- गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात हुन थालेको छ। जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा आज दिउँसोदेखि हिमपात पर्न सुरु भएको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिए।

चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नं २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात भएको उनले बताए । हिमपातका कारण स्थानीयवासीलाई घरबाहिर निस्कन समस्या परेको छ। ‘दिउँसोदेखि नै लगातार हिमपात भइरहेको छ। हिमपातका कारण चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित हुन थालेको छ’, लामाले बताए।

हिमपातका कारण लार्केपास जान लागेका पर्यटकहरू सामागाउँमा नै रोकिएका पथप्रदर्शक सूर्य खनालले जानकारी दिए।हिमपातले लार्केपासको पदमार्ग पूरै ढाकेको छ।

प्रकाशित: ४ फागुन २०८१ ७:४६ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast