सांसद विराजभक्त श्रेष्ठको माग, सत्ताबाट झुट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नुपर्छ

हिमाल प्रेस २८ माघ २०८१ १३:५९ | Monday, February 10, 2025
सांसद विराजभक्त श्रेष्ठको माग, सत्ताबाट झुट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नुपर्छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले कानुन सबैका लागि हो भने शक्ति र सत्ताबाट झुट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्।

उनले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकबारे टिप्पणी गर्दै भने, ‘सरकार खुद्रे कुरामा लाखौँ करोडौँ जरिबानाको मेन्यु ल्याउँदै छ। नागरिकलाई तपाईँ बढ्दा बोल्दै हुनुहुन्छ भनेर धम्क्याइरहेको छ। झुटो आश्वासन दिने भ्रम फैलाउने असम्भव बाचा गर्नेहरूचाहिँ उन्मुक्त? यो विधेयक साँच्चै न्यायका लागि हो कि सरकारको आलोचक दमन गर्ने हतियार? कानुन सबैका लागि हो भने शक्ति र सत्ताबाट झुट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नुपर्छ।’

उनले गंगालाल, धर्मभक्तदेखि लडेर प्राप्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्न खोजिएको भन्दै उनले केपी ओली सरकारको आलोचना गरे। श्रेष्ठले प्रश्न गरे, ‘गंगालाल, धर्मभक्तदेखि लडेर प्राप्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार अहिले कुन बयलगाडाको चक्का खुस्किएर हडप्न खोजिँदैछ?’ यसैगरी सांसद श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रण विधेयकपछिका कसुरदारहरू राख्न सकिने जेलको संख्या यति धेरै जेल छन् र भनेर प्रश्न गरे।

प्रकाशित: २८ माघ २०८१ १३:५९ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast