अध्यादेशमा नमिलेका कुरा प्रतिस्थापन विधेयक ल्याएर भए पनि मिलाउँछौँ : महेश बर्तौला

हिमाल प्रेस ४ फागुन २०८१ १२:४६ | Sunday, February 16, 2025
अध्यादेशमा नमिलेका कुरा प्रतिस्थापन विधेयक ल्याएर भए पनि मिलाउँछौँ : महेश बर्तौला महेश बर्तौला।

काठमाडौँ- संसद्‌मा विचाराधीन विधेयकलाई दुवै सदनबाट अघि बढाउने सत्तारुढ दलबीच सहमति भएको छ। सिंहदरबारस्थित नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाको कार्यकक्षमा आज बसेको सत्ता साझेदार दलका प्रमुख सचेतकको बैठकले सबै विधेयकलाई अघि बढाउने सहमति भएको हो।

‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’र ‘संघीय निजामति गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’लाई पहिलो प्राथमिकता दिएर अगाडि बढाउन पहल गर्ने निर्णय गरेको हो।

मुख्य सचेतक बर्तौलाले भने, ‘हामी छवटै अध्यादेश संसद्मा प्रस्तुत गर्ने पक्षमा छौँ, अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदा सहज ढंगले पारित हुन्छ, पारित अध्यादेशको आधारमा प्रतिस्थापन विधेयक ल्याउँछौँ, अध्यादशमा केही कुरा मिलेको छैन भने प्रतिस्थापन विधेयकमार्फत मिलाउने काम हुन्छ।’

संसद्‌मा विचाराधीन रहेका कतिपय विधेयकलाई अगाडि बढाउने र संसद्मा टेबुल भएका अध्यादेशलाई अगाडि बढाउनेबारे छलफल भएको जानकारी दिँदै दिए।

हालै सरकारले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेको छ।

 

प्रकाशित: ४ फागुन २०८१ १२:४६ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast