संविधान संशोधनका लागि कार्यदल बन्दैछ : गृहमन्त्री लेखक

हिमाल प्रेस ८ फागुन २०८१ १७:५३ | Thursday, February 20, 2025
संविधान संशोधनका लागि कार्यदल बन्दैछ : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखक ।

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि छिट्टै दुई दलीय कार्यदल बनाउन लागिएको बताएका छन्। भक्तपुरमा बिहीबार नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन्। उनले भने, ‘केही दिनमा नै दुई दलको कार्यदल बनाई संशोधन सुरु हुनेछ।’ उनले संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलहरुबीच सहमति कायम गर्दै अघि बढ्ने बताए

गृहमन्त्री लेखकले मुलुकको आर्थिक स्थितिलाई सुधार गर्दै आर्थिक समृद्धिको दिशातर्फ सरकार अघि बढेको बताए। उनले गठबन्धन सरकार मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको उद्देश्य पूरा गर्नका लागि गठन भएको बताए। गृहमन्त्री लेखकले मुलुकको आवश्यकताका आधारमा सरकारले अध्यादेश ल्याएको भन्दै सदनबाट पारित हुने दाबी गरे।

प्रकाशित: ८ फागुन २०८१ १७:५३ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast