मृत फेला परिन् सशस्त्र प्रहरीकी इन्स्पेक्टर

हिमाल प्रेस ११ फागुन २०८१ १९:५५ | Sunday, February 23, 2025
मृत फेला परिन् सशस्त्र प्रहरीकी इन्स्पेक्टर प्रतीकात्मक तस्बिर।

काठमाडौँ- सशस्त्र प्रहरी बलकी एक महिला प्रहरी निरीक्षक आज (आइतबार) मृत अवस्थामा भेटिएकी छन्। पोखरामा तालिम गरिरहेकी सिन्धुपाल्चोककी २८ वर्षीया सन्तोषी महत मृत भेटिएकी हुन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा महतको शव भेटिएको हो।

२०७२ सालमा सिपाहीमा भर्ना भएकी महतले २०७८ सालमा असईमा नाम निकालेकी थिइन्। उनले यही वर्ष इन्स्पेक्टरमा नाम निकालेर पोखरामा आधारभूत तालिम गरिरहेकी थिइन्। उनको शव पोस्टमार्टम गरिएको छ। रिपोर्ट आउन भने केही दिन लाग्ने सहप्रवक्ता थापाले जानकारी दिए।

घटनाको अनुसन्धान भइरहेको थापाले जानकारी दिए।

प्रकाशित: ११ फागुन २०८१ १९:५५ | Sunday, February 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast