माओवादीमा जिम्मेवारी : प्रचण्डले राखे स्कुल विभाग, महरालाई राज्यव्यवस्था

हिमाल प्रेस २८ माघ २०८१ ७:२० | Monday, February 10, 2025
माओवादीमा जिम्मेवारी : प्रचण्डले राखे स्कुल विभाग, महरालाई राज्यव्यवस्था

काठमाडौँ- नेकपा माओवादी केन्द्रले केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि जिल्लास्तरका नेताहरूलाई जिम्मेवारी तोकेको छ।

केही दिनअघि प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी सचिवालय बैठकको निर्णयअनुसार सर्कुलर तयार गर्दै सबै नेतालाई विभागीय जिम्मेवारीमा फर्काइएको हो।

सर्कुलरअनुसार प्रचण्डले स्कुल विभागको जिम्मेवारी आफैले राखेका छन्। अन्तर्राष्ट्रिय विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बनेका छन्।

उपाध्यक्ष कृष्णबहादुर महरालाई राज्यव्यवस्था मामिला संयोजक बनाइएको छ। माओवादीले महासचिवभन्दा माथिका पदका नेतालाई भूगोलको जिम्मेवारी दिएको छैन।

प्रकाशित: २८ माघ २०८१ ७:२० | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast