महाशिवरात्रिको अवसरमा काठमाडौँ यी स्थानमा सवारी रोक

हिमाल प्रेस १४ फागुन २०८१ ८:३० | Wednesday, February 26, 2025
महाशिवरात्रिको अवसरमा काठमाडौँ यी स्थानमा सवारी रोक

काठमाडौँ। आज पशुपति क्षेत्रमा दशनार्थीको भीड लागेको छ। १० औँ लाख भक्तजन, सुरक्षाकर्मी पशुपतिमा पुगिरहेका कारण सवारी साधन निशेध गरिएको छ।

नेपाल प्रहरीले केही क्षेत्रमा सवारीलाई रोक लगाएको छ भने कतिपय स्थानमा निश्चित मापदण्डका सवारीलाई मात्र प्रवेश दिइरहेको छ। प्रहरीका अनुसारका तीनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई सञ्चालनमा रोक लगाइएको छ ।

दर्शनार्थीहरूकै भीडभाडका कारण तिलगंगा, चावहिल, मित्रपार्क, पुरानोबानेश्वर र रातोपुलमा सवारी साधनको भीड लागेको छ।

प्रकाशित: १४ फागुन २०८१ ८:३० | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast