काठमाडौँ– सूचना तथा प्रसारण विभागले लाइसेन्स र अनुमति नलिई वाकीटकीलगायतका रेडियो उपकरण आयात, बिक्री, वितरण तथा प्रयोगलाई तत्काल बन्द गर्न सूचना जारी गरेको छ।
विभागले शुक्रबार सूचना जारी गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नियमानुसार लाइसेन्स लिएरमात्र त्यस्तो कार्य गर्न गराउन सम्बन्धित सबैलाई जानकारी गराएको छ।
लाइसेन्स नलिएमा प्रचलित कानुनबमोजिम कारबाही हुने विभागले जनाएको छ।
विभागका महानिर्देशक प्रदीप परियारले पछिल्लो समयमा सामाजिक सञ्जाल, फेसबुक, अनलाइन प्रयोग गरेर अनुमति नलिई वाकीटकी, जीपीएस ट्र्याकलगायत रेडियो उपकरण अवैध बिक्री वितरण भइरहेको गुनासो आएकाले कानुन पालना गराउन सूचना जारी गरिएको बताए।
प्रकाशित: ९ फागुन २०८१ २०:२४ | Friday, February 21, 2025
प्रतिक्रिया





