‘फेरि रेशम फिलिली’ को ट्रेलर सार्वजनिक

हिमाल प्रेस ६ फागुन २०८१ १४:१४ | Tuesday, February 18, 2025
‘फेरि रेशम फिलिली’ को ट्रेलर सार्वजनिक

काठमाडाैँ- महाशिवरात्रीको अवसरमा फागुन १४ देखि प्रदर्शन हुने फिल्म ‘फेरि रेशम फिलिली’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट ७ सेकेण्डको ट्रेलरमा डिभी परेपछि अमेरिका जाने तयारी गरिरहेका एक युवककाे माेहलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ।

फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायत कलाकारको अभिनय छ।

फिल्मका निर्देशक निरोज महर्जन हुन्। फिल्मको कथा पनि उनले नै लेखेका छन्। सुसन प्रजापतिको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा रहेको फिल्ममा नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन छ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कडेल निर्माता रहेको फिल्ममा सुरज बम ठकुरी कार्यकारी निर्माता र सह(निर्मातामा एनि थापा छन्।

यस्ताे छ ट्रेलर 

प्रकाशित: ६ फागुन २०८१ १४:१४ | Tuesday, February 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast